भरतपुर अस्पतालबाट एक कोरोना संक्रमित फरार

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित पुरुष भागेका छन्।

भरतपुर महानगरपालिका वडा १२ का १९ वर्षीय पुरुष गए राति भागेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए।

‘उहाँ प्रहरीको निगरानीमा हुनुहुँदो रैछ,’ उनले भने, ‘भरतपुर अस्पतालबाट राति नै फरार हुनुभयो।’

अस्पतालका अनुसार भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।

एक साताअघि चोरिको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ जना संक्रमितको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय