भक्तपुरमा हालसम्म २ सय १८ संक्रमित, ३८ ठाउँ सिल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ९ गते ९:२४

सबैभन्दा सानो जिल्ला भक्तपुरमा हालसम्म २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअवधिमा संक्रमित भेटिएका कारण ३८ वटा अस्पताल एवं स्वास्थ्य संस्था सिल गर्नुपर्ने अवस्था आइपरेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ६४ मात्रै निको भएका र वाँकी २१८ आइसोलेसनमा छन् । सोमबार संक्रमण देखिएकाहरुका व्यवस्थापन हुँदैछ । भक्तपुरमा कोरोनाबाट २ जनाको ज्यान गएको छ भने २ संक्रमित कन्ट्याक सम्पर्कबाहिर छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जेकी तथ्यांक सुपरीवेक्षक अस्मिता पवनका अनुसार कोरोनाबाट सबैभन्दा बढी थिमी नगरपालिका प्रभावित बनेको छ ।

संक्रमितमध्ये ९१ जना होम आइसोलेसनमा १२७ जना अस्पतालको आइसोलेसनम छन् ।

भक्तपुर स्वास्थ्य केन्द्रका प्रमुख डा. रत्न लासिवाले अहिलेसम्म भक्तपुरको ३८ वटा ठाउँमा सिल भएको बताए । भक्तपुर नगरपालिकामाभित्र ३८ जना कोरोना संक्रमित छन् ।

भक्तपुरको नगरपालिकाको वडा नं १ र ३ मा धेरै संक्रमित भेटिएको उनले जानकारी उनले गराए । संक्रमित भेटिएका ठाउँहरु बाराहीस्थान, सल्लाघारी, लिवाली, कमलविनायक, भेलुखेल र व्यासी हुन् ।

जिल्लामा पहिलोपल्ट मध्यपुर थिमिमा १ जना र चाँगुमा १ जनामा कोरोना पुष्टि भएको थियो, जसमा थिमीमा डेरामा बस्ने थिए भने चाँगुमा आफ्नै घर भएका स्थानीय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय