संक्रमित महिलाको बिपी प्रतिष्ठानमा प्रसूति, शल्यक्रियाको तयारी गरेपनि चाहिएन

विराटनगर ९ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाले स्वास्थ बच्चाको जन्म दिएकी छिन ।

मोरङको विराटनगर महानगरपालिका २ की २० वर्षीय महिलाले छोरीको जन्म दिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

सापकोटाका नुसार संक्रमित महिलाबाट बच्चा जन्मिएको विपीको यो पहिलो पटक हो । हाल आमा बच्चाको स्वास्थ्य ठिक रहेको उनले बताए । बच्चाको तौल २.८ किलो रहेको छ ।

उनलाइ आइतवार प्रसुती विभागका चिकित्सक डा. सुुर्यप्रसाद रिमालको नेतृत्वमा डेलिभरी गराइएको हो ।

उनी गत भदौ ३ गते कोरोना पोजेटीभ देखिएको थियो । प्रसूतिका लागि उनलाइ बिपीमा गत भदौ ७ गते भर्ना गरिएको थियो ।
उनको शल्यक्रियाबाट प्रसुतिका लागि तयारी गरेपनि अप्रेशन आश्यक डा. सापकोटाले जानकारी दिए ।

बिपीका निमित्त अस्पताल निर्देशक डा. विकास साहको अध्ययतामा बसेको अप्रेशन थिएयर युुजर्स कमितिको बैठकले अलग्गै शल्यकक्ष सेटअप गरेको थियो ।

तर, नर्मल डेलिभरी भएको हुँदा अन्य संक्रमित महिला आए कसरी सेपरेट अप्रेशन थिएटर तयार गर्ने भन्ने अनुुभव भएको सापकोटाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय