बुटवल कोरोना अस्पतालमा आइसियु बेड भरियो

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालको आईसियु बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् ।

अस्पतालमा रहेका १६ वटा बेड बिरामीले भरिएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले जानकारी दिए । डा. खनालका अनुसार १६ वटा बेडमा रहेका ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

अब आईसियुमा राख्नुपर्ने बिरामी भए अवस्था जटिल बनेको डा. खनालले बताए ।

कोरोना बिशेष अस्पतालको आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम जारी छ । ३६ बेडको आइसोलेसन कक्षमा २१ जना भर्ना भएर बसेका छन् ।

अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा. खनालले जानकारी दिए ।

बुटवलमा लक्षण नदेखिएका संक्रमितहरुलाई सामुदायिक आइसोलेसन र होम आइसोलेसनमा राख्ने गरिएको छ ।

उनका अनुसार सामान्य लक्षण देखिएका कोरोनाका बिरामीहरुलाई कोरोना अस्पतालको आइसोलेसनमै राख्ने गरिएको छ । तर तत्काल थप उपचार गर्नुपर्ने गम्भीर प्रकृतिको लक्षण देखिएकालाई आइसियुमा भर्ना गर्ने गरिएको छ ।

अस्पतालका अनुसार बुटवलको कोरोना अस्पतालमा आइसियुमा रहेका अधिकांश बिरामी कपिलवस्तु जिल्लाका हुन् । बाँकी रुपन्देही, पाल्पा, पश्चिम नवलपरासी र दाङका छन् ।

आइसियुमा रहेकाहरुमा खोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । कडा खालको निमोनिया देखिएको छ ।

बुटवलको बिशेष कारोना अस्पतालको संचालन लुम्बिनी प्रादेशिक अस्पतालले गरिरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालसँगै प्रदेश ५ मा हाल कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल भैरहवा, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन् ।

भीम अस्पतालले कोरोना संक्रमित बिरामी सबैलाई डिस्चार्ज गरेपछि अस्पतालले पुनः नियमित सेवा शुरु गरिसकेको छ । त्यहाँ कोरोनाका बिरामी भर्ना छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय