सोमबार थप ७ सय ४३ जनामा कोरोना, मृत्यु संख्या १५७ पुग्यो

पछिल्लो २४ घन्टामा थप ७ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा थप २२४ जना कोरोना संक्रमण देखिएको छ। मन्त्रालयको अनुसार काठमाडौंमा १७७ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार देशभर १३ हजार ७ सय १५ जना संक्रिय संक्रमित रहेका छन।

मन्त्रालयको अनुसार आज १७५ जना संक्रमणबाट निको भए डिस्चार्ज भएका छन। यो सँगै निको हुनेको संख्या १८ हजार८ सय ६ पुगेको छ।

पछिल्लो विवरण अनुसार आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीका ४ जना, मोरङका १ जना, पर्साका १ जना र सुनसरीका १ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय