कोभिड अस्पतालहरुको तीन तह खारेज,सुचीकृत संस्थाले कोभिड र नन कोभिड सेवा दिनुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का तीन तहका लेभलका अस्पताल खारेज गरेको छ।

मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सबै अस्पताललाई कोभिड अस्पताल नामकरण गर्ने र लेभल १,२ र ३ भनी गरेको वर्गीकण गरेका अस्पतालाई खारेज गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमणको दर वृद्धि भएसँगै उपचारमा थप समस्या उत्पन्न भएपछि लेभल अस्पताल खारेज गरी सबै अस्पताललाई कोभिड संक्रमितको उपचारलाई लागि निर्देशन दिएको छ।

अब कोभिड अस्पतालमा सृचीकृत रहेका अस्पतालाई कोभिड अस्पतालको रुपमा नामाकरण गरिने मन्त्रालयले जनाएको छ।

कोभिड अस्पतालका रुपमा तोकिएका स्वास्थ्य संस्थाले कोभिड र नन कोभिड सेवालाई छुट्टा–छुट्टै व्यवस्थापन गर्नेको लागि पनि निर्देशन दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय