वीरगन्जमा १५० डाक्टरले दिए सामूहिक राजीनामा

वीरगन्जका विभिन्न निजी अस्पतालमा कार्यरत एमबिबिएस डाक्टरहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्।

तलब बढाउनु पर्ने, जीवन बिमा गर्नु पर्ने र पिपिई लगायतका स्वास्थ्य प्रदान गर्नुपर्नेलगायतका पाँच माग राख्दै एक हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पुरा नभएपछि मंगलबारबाट काममा नजाने घोषणासहित सामूहिक राजीनामा दिएका हुन्।

वीरगञ्जका सबै निजी अस्पतालमा कार्यरत कार्मचारी र डाक्टरहरूमा संक्रमण भेटिन थालेपछि एमबिबिएस डाक्टरहरूले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाइन बस्नु परे सबै सेवा सुविधा अस्पतालले नै व्यहोर्नुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामग्री उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने मागसहित चिकित्सकहरू सात दिनदेखि आन्दोलनमा थिए।

आज सोमबार अल्टिमेटमको अन्तीम दिन बित्न लागदा अहिलेसम्म मांग पुरागर्न मेडिकल सञ्चालक गम्भीर नबनेको भन्दै डाक्टर तेजनाथ तिवारीले आफूहरू सामूहिक राजीनामा दिने निश्कर्षमा पुगेको बताए। कोरोना महामारीमा अग्रपंतिमा काम गर्ने डाक्टरप्रति सरोकारबाला उदासिन बन्दा आफूहरूको चित्त दुखेको उनको भनाई छ।

वीरगंजका विभिन्न निजी अस्पतालमा कार्यरत १ सय ५० जना एमबिबिएस डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले मंगलबारबाट अस्पतालको काममा नजाने घोषणा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय