‘घरघरमा गएर स्वाब संकलन नगर्नू,बढी शुल्क लिए उजुरी गर्नू’

साउन ८ सरकारले कोरोना परीक्षणका लागि कुनै पनि बहानामा घरघरमा पुगेर स्वाब संकलन गर्न नपाइने स्पष्ट पारेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक सूचनामार्फत् अनुमति प्राप्त प्रयोगशालाले पनि घरमै गएर स्वाब संकलन गर्न नपाउँने भन्दै नगर्न नगराउन समेत आग्रह गरेको छ ।

पिसिआर परीक्षणका लागि गराउन कुनै व्यक्तिले सम्बन्धित स्वास्थ्य संस्थामा स्वयं उपस्थित भएरै स्वाब संकलन गराउनसमेत निर्देशन दिएको छ ।

प्रयोगशालाले प्रयोगशाला परीक्षण गराउँदा ५हजार ५सयभन्दा बढी शुल्क नलिन र अनुमति प्राप्त संस्थाले स्वाब संकलन गरेको अवस्थामा पनि परीक्षण शुल्क १०प्रतिशत मात्रै लिन पाउने जनाएको छ ।

बढी शुल्क लिएमा उजुरीका लागि फोन नम्बरसमेत उपलब्ध गराएको छ ।

विशेषगरी उपत्यकामा निजी क्षेत्रका अस्पतालविनै संचालित केही प्रयोगशालाले परीक्षण बढाउन घरघर पुगेर स्वाब संकलन गरिरहेका छन् ।

त्यस्ता प्रयोगशालालाई कारवाही गर्नुपर्नेमा प्रयोगशालाका अधिकारीले जोड दिएपनि राजनीतिक संरक्षणकै आधारमा कारवाही हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय