पुर्व स्वास्थ्यमन्त्री थापाको सुझाव : सामान किन्न एक घरलाई एक पास व्यवस्था

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहने पुर्व स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन्।

थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना नियन्त्रणको लागि ६ वटा बुँदामा ध्यानाकर्षण गराएका छन।

काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन।

कोरोना महामारी रोकथामको लागि स्थानीय सरकारको आइसोलेसन जिम्मा हुने र काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरको निमार्ण गर्न उनको सुझाव रहेको थियो।

त्यसैगरी, महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना संक्रमणको गतिलाई धेरै हदसम्म न्यून गर्न सकिने थापाको भनाइ थियो ।

‘महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झनै समस्या ग्रस्त बनाउदैँ गएको छ, थापाले भनेका छन्, ‘यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गनुपर्दछ।’

थापाले महानगर गराएका ध्यानाकर्षणका ६ बुँदा

१. काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहन्छौं । तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस ।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५. खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिँदा झन भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।

६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन । नगरवासी अलमलमा परेका छन। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय