बारा र पर्साका थप ५३ जनामा संक्रमण पुष्टि

वीरगन्जमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसीआर परीक्षणमा बाराका १९ जनासहित ५३ जनामा कोरोना पुष्टि भएको छ।

आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएका नारायणी अस्पतालले जनाएको छ। अस्पताल अनुसार साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेका छन्। संक्रमित हुनेमा नेपाल आयल निगम अमलेखगन्ज डिपोका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ भने एक जना भन्सार कार्यालयका रहेका हुन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो। जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएकोमा ९ जना नेपाल आयल निगमका कर्मचारी हुन्।

बाँकी ट्यांकर चालक र बाराको कलैयाका एक जना र बाराका विभिन्न ठाउँका स्थानीय गरि थप १९ जना संक्रमित पुष्टि भएको छ।

यसैगरी ६ महिला र २८ पुरुष गरी पर्साका ३४ जनामा संक्रमण पुष्टि भएको हो। वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २० र पर्सागढि नगरपालिकाका १४ जनामा संक्रमण देखिएको छ।

वीरगन्ज महानगरपालिका–१५ भिस्वामा १५ जनामा कोरोना पुष्टि भएको छ। पर्सागढी नगरपालिकाको वडा नम्बर ८ का १४ जनामा संक्रमण भेटिएको छ। आइतबार राति थप ३४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ४४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय