कोरोनाको औषधी ल्याइदिने भन्दै संक्रमितसँग पैसा असुल्ने दुईजना पक्राउ

कोरोना संक्रमितको उपचारमा परीक्षण भइरहेको औषधी रेमडिसिभिरको कारोबार गरेको आरोपमा पर्सा जिल्ला प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

वीरगन्ज हेल्थ केयर अस्पतालका प्राविधिक हुसैन अन्सारी र एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता मनोजित कुँवरका अनुसार उनीहरुले अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमितको उपचारका लागि औषधी मगाइदिने भन्दै आफन्तसँग चर्को रकम लिँदै आएका थिए।

पक्राउ परेका उनीहरुबाट ९ थान रेमडिसिभिर प्रहरीले बरामद गरेको छ।

विश्वभर नै तेस्रो चरणको परक्षणमा रहेको रेमडिसिभिर औषधी गम्भिर प्रकारका बिरामीमा परीक्षण हुँदै आएको छ। यसअघि नेपालमा यो औषधी उपलब्ध थिएन। केही बिरामीले आफ्नै खर्चमा भारतबाट यो औषधी मगाउँदै आएका थिए।

सरकारले भर्खरैमात्र यो औषधी नेपाल भित्र्याउन अनुमति दिएको छ। तर, परीक्षणकै क्रममा भएका कारण आफूखुसी यो औषधी प्रयोग गर्न पाइँदैन।

नारायणी कोरोना विशेष अस्पतालका संयोजक डा। उदयनारायण सिंहका अनुसार यसअघि अस्पतालमा उपचार गराएका धेरै संक्रमितमा यो औषधी चलाइएको थियो। र, उनीहरुलाई त्यसले राम्रो असर पनि गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय