स्वास्थ्य मन्त्रालयको सहप्रवक्ता डा. अधिकारी सहित ८ जना स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर ( एचईओसी)का प्रमुख तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारी सहित ८ जना स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा रहेका छन्।

एचईओसीमा प्राविधिक सहयोगका लागि खटिएका विश्व स्वास्थ्य संगठनका एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरु होम क्वारेन्टाइनमा रहेको डा. अधिकारीले बताए।

आइतबार आएको पीसीआरको परीक्षणको रिर्पोटमा उक्त चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘उहाँ एक मिटिङमा सहभागी हुनु भएको थियो, डा. अधिकारीले भने, ‘ उहाँसँग सम्पर्कमा रहेका केही स्वास्थ्यकर्मी ५ दिनको लागि होम क्वारेन्टाइनमा रहेका छौ।’

यसअघि मन्त्रालयका कर्मचारी तथा सवारी चालकमा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय