आइसोलेसनमा रहेकी नर्सको डायरी : हारेकी छैन, फेरि उठेर दौडिनेछु

ज्योति पोखरेल
प्रकाशित
२०७७ भदौ ८ गते ११:०२

संक्रमित हुँदा आफ्नै अस्पताल उपचार गर्न दिएन
हो म एक संक्रमित नर्स । अस्पतालमा काम गर्दागर्दै संक्रमण घरसम्म संक्रमण लिएर गएछु ।

विश्वब्यापी रुपमा फैलिरहेको यस (कोभिड १९) को त्रास देशभरी नै फैलिरहेको छ। डर र त्रासलाई मनमा राखे पनि मुहारमा हँसिलो मुस्कान लिएर सेतो कुर्ताको परिभाषासहित अगाडि बढिरहेकी थिएँ ।
हुन् त म फ्रन्टलाइनर नर्स थिइन् । तर पनि जोखिमको समयमा अस्पतालका ओपिडी (आईपिडी)मा समेत सेवा पुर्याउन पछि परेको थिइन् ।

दुर्भाग्यवस् आफ्नो केही ब्यक्तिगत कुराहरुले गर्दा कार्यरत अस्पताल छोड्नु पर्यो । अस्पताल छोडेको ४ दिनको दिन अलिकती घाँटीमा समस्या आएजस्तो भयो पि.सि.आर मैले सोही अस्पतालबाट गराए । एक हप्तापछि बल्ल मेरो रिपोर्ट आयो पोजेटिभ ।

मेरो पेशाप्रति मलाई निकै गर्व छ। अस्पतालमा काम गर्दागर्दै कति बर्षहरु बितेछन्। संसारलाई नै तर्साउने यस्तो भवितव्य आउला भन्ने सोचेको थिइन ।

अन्य बिरामीको सेवाका लागि तत्पर भइरहने एक आइसियू नर्सको भूमीका निर्वाह गरिरहेको थिएँ । सेवामा लाग्दा चाडपर्व, ब्यक्तिगत जीवन भन्दा सेवा महत्व दिएँ । नर्सिङ शिक्षामा प्रवेश गर्दा लिएको अठोट र सपथलाई मनमा लिएर हिडिँरहे ।
यो महामारी संसारलाई नै तर्साउने कोरोना भाईरस फैलियो । कयौंको ज्यान गयो । संक्रमण, मृत्युका समाचारले दिनप्रतिदिनको स्तब्ध बनारहेको अवस्थामा आफ्नै रिपोर्ट पोजेटिभ भएपछि निकै अत्यायो ।

संक्रमित भएपछि एक हप्ता अगाडिसम्म काम गरेकै अस्पतालको आईसोलेसनमा बस्ने आशा गरेको थिएँ । तर नीति, निययले त्यो संभव भएन र दुःख लाग्यो ।

दिनदिनै जस्तो संक्रमित डाक्टर र नर्सलाई घर, समाजबाट भएका दुव्यबहार र बहिस्कारका समाचारले म आत्तिन्थे ।

तर, कुनै पनि लक्षण नभएका कारण मैले सम्पुर्ण अन्य बिरामी राखेका अस्पतालको आइसोलेसनमा बस्न उचित ठानिन । र, घरमै बस्ने निर्णय गरँे। तर संक्रमण भएको थाहा पाएपछि मैले काम गरेको पूर्व अस्पतालका संस्थापकले केही परिआएमा खबर गर्नु म काठमाडौंसम्म लगेर उपचार गर्न सहयोग गर्नेछु भनेपछि मेरो ५० प्रतिशत आत्मबल बढ्यो ।

समाजको अन्य व्यक्तिहरुको दुःख लाग्दो व्यवहारका बिचमा यही समाजको सदस्यले देखाएको माया, सम्मानले मलाई आत्मबलसँगै निकै हर्षित पार्यो । म उहाँप्रति आभार व्यक्त गर्दछु ।

आज पनि मलाई मेरो पेशाप्रति उत्तिकै गर्व छ । अब म आत्तिएकी छैन् । आफ्नो जिम्मेवारी पूरा गर्दा गर्दै म संक्रमित भएकी हुँ । यदि मैले काम नगरेको भए, वा मजस्तै स्वास्थ्यकर्मी पछाडि हटेको भए धेरै संक्रमितले ज्यान गुमाउनुपर्ने थियो ।

म चाडैँ ठिक भएर सेवाका लािग तत्पर हुनेछु कोरोनाका बिरामीहरुलाई छिःछि दुर्रदुर गर्नेहरुलाई देखाउने छु भनेर बाआमाको आत्माबिश्वास बढाएकी छु । म हारेकी छुइन । फेरि पनि उठेर दौडिनेछु ।

रातदिन नभनी ज्यानको बाजी थापेर कामगरि राख्नु भएका स्वास्थ्यकर्मीहरु प्रति आभार ।

मैले आफुलाई समालँे । यदि मैले हार माने भने, मेरो परिवार समाजलाई गाहे हुन्छ भन्ने सोच मनमा राखेर मैले मेरो अनुहारको हाँसो रोकिन ।

तर, एक्लै आईसोलेसनमा बसिरहँदा प्रेसरका बिरामी मेरो बाबाआमालाई गाहे होला कि, भन्ने पिर लाग्छ ।

आत्माबल बलियो बनाएकी छु जेजस्तो भएता पनि म एक नर्स मैले ठिक भएर म जस्ता कयौं रोगीहरुको सेवा गर्नुछ। समाजको अगाडि एउटा राम्रो उदाहरण बनेर निस्किनु छ । यसरी नै आफ्नो मनोबल उच्चराखेर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्माविश्वास राखेकी छु ।

घरमा बुवाआमा दिदीभाइ सबैलाई सम्झाएर राखेकी छु। म मात्र हैन् कयौं म जस्ता छोरीहरु छन् जसले यो रोगलाई पन्छाउँन युद्ध मैदानमा छन् ।

म चाडैँ ठिक भएर सेवाका लािग तत्पर हुनेछु कोरोनाका बिरामीहरुलाई छिःछि दुर्रदुर गर्नेहरुलाई देखाउने छु भनेर बाआमाको आत्माबिश्वास बढाएकी छु । म हारेकी छुइन । फेरि पनि उठेर दौडिनेछु ।

म होम क्वारेन्टाइनमा भएको कारण खसै गारो भएन । तर पोजेटिभ रिपोर्ट आए सँगसँगै कयौं फोन र टेस्कका लहरले मलाई अलि गारो भयो । कहिल्यै नबोल्ने साथीहरुको रेस्पोन्स देख्दा चित्त दुख्यो ।

मैले त समाल्न सके तर सबै एकैनास हुदैनन् । यस्तै कारणले कति डिप्रेसनमा जान नस्कलान् भन्न् सकिन्न । कतै यस्तै कारणहरुले सुसाईड जस्ता घटनाहरु बढेका त हैन्नन ?

अस्पतालका फ्रन्टलाइनमा बस्ने सम्पुण नर्स , चिकित्सक, स्वास्थ्यकर्मीप्रति हार्दिक आभार ।

यो बिपत र जोखिमको अवस्थामा महामारीसँग लड्ने मनोबल उच्च रहोस्। सरकारको ध्यानकार्षण होस् — शान्त र सुन्दर मानिने सेतो पोसाक र जोखिमको अवस्थामा ज्यानको बाजी थापारे काम गरिरख्नु भएका नर्सहरुलाई उचित सम्मान र हौसाला दिन पछि नहटौं ।

सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राखौं ।

नोवल अस्पताल विराटनगरकी पूर्व कार्यकारी नर्स पोखरेलको सामाजिक सञ्जालमा प्रकाशित भावनालाई भाषागत सम्पादन गरेर प्रकाशित गरेको हौं : सं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय