प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु

धरानस्थति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ वर्षीय कोराना संक्रमितको मृत्यु भएको छ। उनी धरान उपमहानगरपालिका वार्ड नम्बर ८ का स्थायी वासिन्दा भएको बताइएको छ।

विपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाकाअनुसार संक्रमित बृद्दलाइ प्लाज्मा थेरापी गरिए पनि उनलाइ बचाउन नसकिएको हो।

उनी धरानका स्थानीय हार्डवेयर व्यवसायी पनि हुन्।

साउन २९ गते कोरोना संक्रमण देखिएको मृतकलाइ उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्याबाट पीडित रहेको सापकोटाले जानकारी दिए। उनको प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा आइतबार साँझ साढे ६ बजे मृत्यु भएको हो।

यससँगै धरानमा मात्रै ज्यान जाने संक्रमितको संख्या ३ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय