वडा नम्बर ३१ ले भन्यो–स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्न तयार छौं

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ भदौ ७ गते १९:२५

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले स्वास्थ्यकर्मीलाई सहयोग गर्न तयार रहेको बताएको छ।

शनिबार सिभिल अस्पतालका कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई राख्न तयार गरिएको होस्टलमा स्थानीयबासीले अवरोध गरी दुव्र्यवहार गरेपछि वडाले आइतबार विज्ञप्ति जारी गर्दै आफु स्वास्थ्यकर्मीको आवासलाई सुरक्षित र तनावरहित बनाउन कटिवद्ध रहेको बताएको हो।

मिलनचोकस्थित लर्ड बुद्ध ब्वाइज होस्टेलमा स्वास्थ्यकर्मी राख्ने विषय वडा कार्यालय तथा टोल सुधार समितिलाई थाहा नभएकाले होस्टेल सञ्चालक र टोल समितिबिच असमझदारी भएको हो। यसमा कसैले हातपात र दुव्र्यवहार गरेको छैन वडाको विज्ञप्तिमा भनिएको छ।

वडाले कोरोना भाइरसको महामारी चलिरहेको बेला स्थानीय सरकार स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्न हरदम तयार रहेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय