कोरोना संक्रमणबाट झापामा एक व्यक्तिको मृत्यु

झापामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा दमक नगरपालिका– १ का ५८ वर्षीय एक पुरुष छन्।

कोरोना संक्रमणले मृत्यु हुने उनी झापाका पहिलो व्यक्ति हुन्। ती पुरुषमा अन्य रोगको लक्ष्यण देखिए पनि कोरोना संक्रमण पुष्टि भएको हो।

दमक १ का वडाध्य्क्ष ताराप्रसाद अधिकारीले ती पुरुषको मृत्यु भएको पुष्टि गरे। उनको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको वडाध्यक्ष अधिकारीले बताए।

पछिल्लो २४ घन्टामा देशभर ३ जना संक्रमितको ज्यान गएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय