निजि अस्पतालसँग सरकारले माग्यो १५ दिनका लागि २ सय आइसियु र सय थान भेन्टिलेटर

निजि अस्पतालको छाता संस्था (अफिन) ले सरकारलाई एक हजार बेड, २ सय आइसियु र सय थान भेन्टिलेटर सहयोग गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनको लागि भेन्टिलेटर तथा आइसियुमा लागि चाहिने दक्ष जनशक्ति उपलब्ध माग गरेको एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) अध्यक्ष बसन्त चौधरीले बताए।

अफिनले सरकारले गरेको उक्त अनुरोधलाई अत्यन्त गम्भीरता साथ लिएको छ र आवश्यक व्यवस्था गरिने आश्वासन दिएको चौधरीले ट्वीट मार्फत जानकारी दिएका छन्।

पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको छ। काठामाडौ उपत्यकामा आइसियु तथा भेन्टिलेटर अभाव हुँदै गएपछि सरकारले निजि स–संस्था अनुरोध गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय