स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने सबैलाई कानुन अनुसार कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

कोरोनाको महामारीमा आफ्नो ज्यान जोखिममा राखेर दिन–रात खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने जो–कोहीलाई कानुन अनुसार कारबाही हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गरेका सबैलाई कारबाही हुने बताए।

‘ ८ घण्टा सम्म पीपीई लगाएर खानपिन नगरी कष्टको साथ बिरामीको उपचारमा खटिनुभएको छ, डा. गौतमले भने, ‘उहाँहरुले गरेको सेवालाई स्वास्थ्य मन्त्रालयले उच्च कदर गर्दछ।’

महामारीमा खटिर सेवा गरेका स्वास्थ्यकर्मीलाई सहयोग गर्नुको सबैको कर्तव्य भएको मन्त्रालयले जनाएको छ।

केहि दिन अघि चितवनमा चिकित्सकको घरमा ब्यानर टाँस्ने, शनिबार सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको होस्टलमा गई हुलदंगा गर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यलयलाई पत्रचार गरिएको डा. गौतमले बताए।

‘स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेका जो–कोहीलाई कारबाही हुने म सम्पुर्ण स्वास्थ्यकर्मीलाई प्रतिबद्धता गर्न चाहन्छु, डा. गौतमले भने।’

डा. गौतमका अनुसार दुर्व्यवहारगर्ने सबैलाई संक्रामक रोग ऐन अनुसार कारबाही हुनेछ।

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्न कुरालाई प्रोत्साहन गर्न मन्त्रालयले आग्रह गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय