आइतबार थप ८ सय १८ जनामा कोरोना, १३७ जना आइसियुमा

पछिल्लो २४ घन्टामा ८ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा थप १६६ जना कोरोना संक्रमण देखिएको छ। मन्त्रालयको अनुसार काठमाडौंमा १२६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ।

आइतबार देशभर १३ हजार १ सय ५५ जना संक्रिय संक्रमित रहेका छन। मन्त्रालयको अनुसार आज २८१ जना संक्रमणबाट निको भए डिस्चार्ज भएका छन। यो सँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ।

देशभर १० जना भेन्टिलेटर सहित १३७ आइसियु जना आइसियुमा रहेका छन्।

पछिल्लो विवरण अनुसार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा ३ वटा जिल्लामा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमध्ये  झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका २२ वर्षीया महिला गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय