आफ्ना सदस्य संक्रमित भए चिकित्सक संघले उपचारमा सहजीकरण गर्ने, सातै प्रदेशमा फोकल पर्सन

कोरोना भाइरस (कोभिड १९) को फन्टलाइनमा रहेको स्वास्थ्यकर्मीमा संक्रमण हुने संख्या बढिरहेको छ। यसबिच नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य संक्रमित भएको अवस्थामा उपचार, व्यवस्थापनमा सहजीकरण गर्ने भएको छ।

आइतबार एक विज्ञप्ती जारी गरि संघले समवन्य गर्नमा विभिन्न फोकल पर्सन तोकेको जनाएको छ।

एबुलेन्स सेवाको लागि डा. रितेश थापालाई जिम्मेवारी दिइएको छ।

आइसियु तथा कोभिड बेडको लागि डा. लिइजन महर्जन र डा. प्रकास बुढाथोकी, विश्वराज दवाडी रहेका छन्।

र्यापिड एक्सनको लागि डा. सजिव तिवारीलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ।

संघले प्रदेश अनुसार पनि समवन्यको लागि व्यक्ति तोकेको छ।

जसअनुसार प्रदेश १ मा डा. विपेश आचार्य, प्रदेश २ मा डा. निरज कुमार सिंह, बागमती प्रदेशमा डा. अनिल विक्रम कार्की, गण्डकी प्रदेशमा विश्व राज दवाडी रहेका छन्।

त्यसैगरी, प्रदेश ५मा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा.रितेश थापा र सुदुरपश्चिम प्रदेशमा डा. प्रमोद जोशीलाई समवन्य लागि जिम्मेवारी दिइएको छ।

संक्रमित चिकित्सको तथ्यांक अभिलेख राख्ने तथा सम्पुर्ण व्यवस्थापनको निगरानी काम संघका महासचिव डा. बद्री रिजालले गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय