कोरोनाबाट विदेशमा १ सय ९२ जना नेपालीको मृत्यु, संक्रमित संख्या ३४ हजार नाघ्यो

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार लग्जेम्वर्गमा थप एक जनाको ज्यान भएको हो । समितिका अनुसार शनिबार साँझसम्म भारतसहित तेस्रो मुलुकका १६ देशमा कोरोनाका कारण १ सय ९२ जना नेपालीको ज्यान गइसकेको छ।

स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएको समितिले जनाएको छ। स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोरोना दोस्रो वेभ (लहर) सुरु भइसकेको छ। सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीको ज्यान हो। हालसम्म विदेशमा मात्र ३४ हजार ३ सय १ नेपालीमा कोरोना संक्रमण देखिएको छ।

तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय