भैरहवाको भीम अस्पतालमा पुन कोभिड १९ संक्रमितको उपचार गरिने

भैरहवाका भीम अस्पतालमा पुनः कोभिड १९ का बिरामी राख्ने तयारी गरिएको छ। बुटवलको कोरोना अस्पतालको आइसियु बेड भरिएपछि प्रदेश ५ सरकारले भैरहवामा रहेका भीम अस्पतालमा कोभिड १९ का बिरामी राख्ने तयारी गरेको हो।

भीम अस्पताल भैरहवाका मेसु डा. नवीन दर्नालले कोभिडका बिरामी राख्ने गरी जनशक्ति व्यवस्थापनमा अस्पताल अगाडी बढेको जानकारी दिए।

उनका अनुसार कोभिड १९ का बिरामी हेर्ने गरी करारमा राखिएका सातजना नर्सको म्याद सकिएको हुँदा उनीहरूलाई सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार पुनः भर्ना गर्न लागिएको छ।

आधा जनशक्ति राख्नका लागि पत्र आएको छु, मेसु दर्नालले भने, ‘समिति बनाएर उनीहरूको परफरमेन्सको आधारमा पुनः काममा बोलाउछौं।’

उक्त अस्पतालमा प्रदेश सरकारले २७ बेडको कोभिड अस्पताल सन्चालन गरेको थियो। त्यसमध्ये ५ वटा बेड आइसियु छन् भने एक वटा मेन्टिलेटर छ। उक्त अस्पतालमा तीन महिनासम्म कोभिडका बिरामीको उपचार गरिएको थियो। डा.दर्नालका अनुसार तीन महिनाको अबधिमा ९६ जनाले उपचार गरेका र २ जनालाई अन्यत्र रिफर गरिएको थियो।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताललाई सातजना मात्रै नभई आवश्यक परे थप जनशक्ति पनि दिइने बताए। कोभिडका शून्य बिरामी भएको अवस्थामा आधा जनशक्ति राख्न भनिएको होु, मन्त्री बरालले भने,‘कोभिडका बिरामी बढेको अवस्थामा पहिलेका सबै मात्र नभई थप जनशक्ति समेत प्रदेश सरकारले व्यवस्था गर्छ।’

त्यसैगरी भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा भने ३० शैयाको आइसियू छ। मेडिकल कलेजले भेन्टिलेटर सहितको छ शैया कोभिड–१९ बिरामीको उपचारका लागि छुट्टयाएको छ।

अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले अहिले अस्पतालमा तीनजना संक्रमितको उपचार भइरहेको तर बाहिरबाट रिफर भएर कोही नआएको बताए।
‘बाहिरबाट आउने संक्रमितलाई भर्ना लिँदा यहाँ उपचाररत अन्य रोगका बिरामीलाई के गर्ने भन्ने प्रश्न आउँछ, यसबारे अहिलेसम्म कुनै तयारी छैनु, उनले भने।

दैनिक रुपमा लक्षण सहितको कोरोनाका संक्रमित थपिएपछि बुटवलको कोरोना बिशेष अस्पतालमा रहेका १६ वटा आइसियु बेड बिरामीले भरिएका छन्। अस्पतालका मेसु डा.राजेन्द्र खनालका अनुसार १६ वटा बेडमा रहेका ८ जना बिरामीलाई अक्सिजन दिई उपचार गरिरहिएको छ भने २ जना बिरामी भेन्टिलेटरमा रहेका छन्।

उक्त कोरोना अस्पताललाई लुम्बिनी प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको छ। कोरोना बिशेष अस्पतालको आइसोलेसनतर्फ पनि बिरामीको संख्या थपिने क्रम जारी छ। ३६ बेडको आइसोलेसन कक्षमा २१ जनाको उपचार भइरहेको छ। अर्कोतिर लुम्बिनी प्रादेशिक अस्पतालको मूल भवनमा रहेका ६ वटै आइसोलेसन बेडमा पनि बिरामी भरिएको डा. खनालले जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पतालसँगै प्रदेश ५ मा हाल कोरोना भाइरसका संक्रमितको उपचारको लागि भैरहवाको भीम अस्पताल भैरहवा, दाङ बेलझुण्डीमा रहेको कोरोना अस्पताल र बाँकेको खजुरा अस्पताल रहेका छन्। अहिले भीम अस्पतालमा कोरोनाका बिरामी भर्ना छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय