सरकार ! अब सरकारी गाडी बिरामी ओसार्न प्रयोग गर

‘रात रह्यो अग्राख पलायो’ भनेझैं लकडाउन नलगाउनुपर्ने बेलामा लकडाउन भयो फेरि संक्रमित बढेसँगै सटडाउन पो भयो !

कोरोना महामारीले काठमाडौं बाहिर आक्रमण गर्दा विशेषज्ञलाई कुनै आपत्ति भएन जब कोरोनाले उपत्यकालाई आक्रान्त बनायो विशेषज्ञहरूको पहलमा सटडाउन गर्ने निर्णय गरियो।

त्यसपछि पनि कोरोना भाइरसले उधुम मच्चाएपछि निषेधाज्ञा त जारी गरियो।

यो निषेधाज्ञा हो या लकडाउन यो बुझ्नै गाह्रो भो।

अहिले कोरोना भाइरस हरेक चोक, बजार, अफिस घुम्दै गर्दा सरकारको कदमप्रति जनता मा नैराश्य उत्पन्न भइरहेको छ।

कोरोनाका बिरामीहरू अस्पताल परिसरबाटै लखेटिँदा लखेटिँदै मृत्यु भएका, क्वारेन्टाइनमा बसेकै अवस्थामा मृत्यु अगाल्न पुगेका घटना सुन्दै आइरहेका छौं।

अहिले भन्ने हो भने कोरोना संक्रमितको संख्या धेरै देखिएका हुनाले अस्पताल परिसरले धान्न मुस्किल परिरहेको छ। अस्पतालका एम्बुलेन्सले बिरामी नओसारिएको अवस्था देखिरहेका छौं।

यस्तो अवस्थामा बिरामी परे भने अस्पताल पुर्याउने कसरी भन्ने समुदायका मानिसहरू चिन्तित बन्न थालेका छन्।

अबचाहिँ सरकारी गाडी नै चोक–चोकमा राखेर बिरामीहरूलाई अस्पताल पुर्याउने काम गरिए मात्र नागरिकले सरकारको गुणगान गाउलान्, बिरामीमा पनि केही मात्रामा आशाको दियो बल्ला।

हुन त हामीले मास्क पहिला पनि लगाउँथ्यौं, अहिले पनि करिब ६ महिनादेखि मास्क निरन्तर लगाइराखेका छौं, स्यानिटाइजर दलिराखेका छौं। हात पनि जहाँ धारा देख्यो त्यहीं नै धोइराछौं, सामाजिक दूरी पनि कायम गरिराखेका छौं तर पनि कोरोना घट्ने नाम छैन। अत्यधिक मात्रामै कोरोना संक्रमित बढिराखेका छन्।

त्यसैले अब हामीले कोरोना भाइरसबाट बच्न के कस्ता विधि अपनाउनुपर्ने हो त्यसबारे सजग हुन जरुरी छ।

कोरोना भाइरसका कारण विदेशमा पक्लक÷ पक्लक मान्छे मरेको खबर सुन्दा र देख्दा कस्को मनमा ढ्यांग्रो नठोक्दो हो।

हिजोआजको नेपालकै गतिविधि हेर्दा हामीहरुलाई नै ढ्यांग्रो ठोक्ने बेला भइसकेको अवस्था छ ।

यही गतिमा कोरोना संक्रमित बढे भने अस्पतालले धान्न मुस्किल छ। हामी अस्पतालका बेडमा होइन, अस्पतालको गेटसम्म पनि पुग्न नपाउने स्थिति आउनसक्छ।

अन्त्यमा टाइटानिक जस्तो गरेर टुलुटुलु आँखा उघारेर जिउँदै मृत्यु अँगाल्न सिवाय केही हुनेछैन ।

लाजमर्दो कुरा गरिब जनता अस्पताल चाहर्दाचाहर्दै प्राण त्याग्ने अनि सरकार सत्ता बचाउन कमिशनको खेल खेल्ने जस्ता कार्यहरू गर्नु कति निन्दनीय छ।

गरिब जनताहरू उपचार नपाएर गाडीमै मर्छन्। यसको जिम्मेवार को? सरकार या अस्पताल?

अस्पतालले कोरोनाका कारण देखाई स्टाफहरूलाई सेवासुविधा माग गर्दा कामबाट निक्लन बाध्य गराइएका घटना सुनिएका छौं।

के भोलि तिनै म्यानेजमेन्टका मान्छेहरू बिरामी भएँ भने तिनीहरू चाहिँ आफू–आफू नै उपचार गर्छन् होला त?

सरकारले पनि यो सोच्नुपर्ने थियो, कोरोना संक्रमित बिरामी र अन्य रोगका बिरामीहरू एउटै अस्पतालमा उपचार गर्दा अन्य रोगका बिरामीमा शंका उत्पन्न हुने र संक्रमित बढ्न सक्छ भनेर। केही निश्चित अस्पतालमात्र कोरोनाका बिरामी राख्ने अस्पताल बनाउनु पर्ने थियो।

यति सावधानी अपनाउँदाअपनाउदै पनि कति अस्पतालका स्वास्थ्यकर्मी नै कोरोनाका सिकार बन्न पुगिसकेका छन्।

अब त डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू पनि ओइलाइसकेका छन्। नुन खाएका कुखुराझैं भएका छन्। तिनीहरू नओइलाउन भनेर सबैले टेवा दिनुपर्छ। यसो गरेमा देश र जनता दुवैको हित हुनेछ।

नत्र कोरोना महामारीले भयावह स्थिति लिने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय