बानेश्वरको होस्टेलबाट डाक्टरहरू हटाउन भन्दै टोलबासीको आन्दोलन

तस्बिर : सामाजिक सञ्जालबाट

राजधानीकै बानेश्वरमा चिकित्सकहरूमाथि दुव्र्यवहार भएको छ।

सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको घरमा स्थानीयले घेराउ गरेका छन्। उनीहरूले स्वास्थ्यकर्मी आफ्नो टोलमा बस्न नहुने धम्की दिएका छन्।

दलबलसहित आएका मिलनचोकका स्थानीयले शनिबार बिहान एकाएक स्वास्थ्यकर्मी बस्ने घर घेराउ गरेर विरोध जनाएका हुन्। उनीहरूले होस्टेल सञ्चालकलाई समेत चिकित्सक नराख्न धम्की दिएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीले कोरोना संक्रमित राखेको भन्दै होस्टलबाट हटाउनका लागि धम्की दिएको बताए।

‘अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मी २ दिनदेखि लर्ड बुद्ध बोएज एण्ड गर्ल होस्टलमा राखेका थियौं’, डा. आरसीले आयोमेलसँग कुरागर्दै भने, ‘तर ५०–६० भन्दा बढी व्यक्ति जम्मा भएर विरोध जनाउनु भएछ।’

बलभद्र मार्गका टोल विकास समितिको नेतृत्वमा आएका स्थानीयले कोरोनाको महामारीको समयमा अनुमति बिना किन स्वास्थ्यर्कीलाई होस्टलमा राखेको भन्दै धम्की दिएका थिए।

कोरोना परीक्षणको रिर्पोट नआउँदासम्म होम क्वारेन्टाइनमा राखेको डा. आरसीले बताए।

‘यस्तो महामारीको बेला फन्टलाइनमा रहेर काम गर्ने समुदायको सेवामा स्वास्थ्यकर्मी दिन÷रात खटिने गरेका छन्’, डा. आरसीले भने, ‘तर, जनताले नै विरोध जनाएपछि उहाँहरूलाई डाक्टरले कहाँ बसेर सेवा दिने। कसरी विरामीको जीवन रक्षा गर्ने?’

स्थानीयले गरेको यस्तै व्यवहारले स्वास्थ्यकर्मीको मनोबल घट्दै गएको उनले बताए।

‘घरमा बस्ने ठाउँ नभएका स्वास्थ्यकर्मीलाई हामीले केहि समयका लागि होम क्वारेन्टाइनमा राखेका हौं’, उनले भने, ‘उहाँहरू संक्रमित पनि हुनुहन्न, अस्पतालमा सुरक्षित साथ ड्यिुटी गरेर फर्किनु भएको छ। तर, स्थानीयले स्वास्थ्यकर्मीको पीडा बुझुन सक्नु भएन।’

‘आज उहाँहरूले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बस्ने नदिए भोली आफै संक्रमित भए कसले उपचार गर्छ?’, उनले भने।

One thought on “बानेश्वरको होस्टेलबाट डाक्टरहरू हटाउन भन्दै टोलबासीको आन्दोलन

  1. What kind of peoples are here in nepal.. ahile ko matra hereko xau huh… doctor nurse haru lai dhapauna layo voli timi haru birami parda ko le herxa ni.. ajhai yo matra virus haina thul thula aru rog lagda kaha janxau timi haru huhh… dimag kaha ghutna ma gako xa… future ma kunai rog le chyapyo vane k garxau kasko ma janxau ko aaja corona ko dar le doctors lai tole bata hataune nurse haru lai jagir xodna laune.. corona le na vaye ni aru rog lagna Sakla kaha janxau dimag na vala janta.. Hijo samma Doctor nurse haru tole ma badaune khojne nurse haru lai aafno ghr ma room dina khojne haru aaja aayera hela garne Jaba ki uni haru le nai ho timi haru lai mirtyu ko mukh bata bachaune… Baru doctors nurse haru lai ho hamile safety sanga rakhne eniharu vayena vane Nepali janata haru koi hudaina yaad rakha🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय