भेन्टिलेटर खोजीमा भौतारिँदा वडाअध्यक्षको मृत्यु

घरपरिवारसँगै आराम गरेर बसिरहेका सुनसरीको कोशी गाउँपालिका २ का वडाअध्यक्ष हिराललाल यादवलाई एक्कासी देब्रे छाती दुख्यो।

उनले तत्काल झापामा चिकित्सक रहेका आफ्ना ज्वाइ र त्यहीँ कार्यरत नर्सिङ सेवामा रहेकी छोरीलाई खबर गरे। उनीहरुले मुटुरोग विशेषज्ञ धरानमा रहेको हुँदा तत्काल धरान जान सुुझाव दिए।

धरान पुर्याइएका यादवलाई अक्सिजनसहितको भेन्टिलेटर वेड अभाव रहेको हुँदा तत्काल वेड पाउन असम्भव भयो।

आफन्तले विराटनगरका अस्पतालमा वेड भएनभएको बुझे। अधिकांश अस्पताल बन्द थिए। अस्पतालमा पनि वेड नभएको जानकारी पाएपछि यादवलाई बिग्रदो हालतकैबीच झापाको बिएण्डसी अस्पताल पुर्‌याइएकाे थियो।

अस्पताल पुर्‌याउँदा उनको स्वास्थ्य अवस्था असाध्य खराब भइसकेको गाउँपालिकाका अध्यक्ष अयूव अन्सारीले आयोमेललाई बताए। उनले आफूले धरान र विराटनगरका अस्पताल भेन्टिलेटर सेवा भएनभएको बारे बुझ्दा कतै पनि खाली नभएको पाइएको जानकारी दिए।

‘हामीले वडाअध्यक्षलाई समस्या हुनेबित्तिकै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए ज्यान बच्थ्यो’ उनले भने ‘आज एउटाजनप्रतिनिधिले समयमा उपचार नपाउँदा ज्यान गुमायो। सामान्य नागरिकको हालत के हुने होला?’

अन्सारीका अनुसार मृत्यु भएका ४९ वर्षीय यावद विगत डेढ वर्षदेखि मुटु रोगको औषधी सेवन गरिरहेका थिए।

2 thoughts on “भेन्टिलेटर खोजीमा भौतारिँदा वडाअध्यक्षको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय