उपत्यकामा थप २१६ सहित ६३४ जनामा कोरोना, मृत्यु हुने संख्या १४६ पुग्यो

पछिल्लो २४ घन्टामा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन।  यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार १ सय १७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।

त्यसैगरी, काठमाडौं उपत्यकामा थप २१६ जना कोरोना संक्रमण देखिएको छ। मन्त्रालयको अनुसार काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा संक्रमण देखिएको सो संख्या अहिलेसम्मको उच्च हो।

शनिबार देशभर १२ हजार ६ सय २१ जना संक्रिय संक्रमित रहेका छन। मन्त्रालयको अनुसार आज १३६ जना संक्रमणबाट निको भए डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको डा. गौतमले जनाए।  डा. गौतमका अनुसार सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १ जना, सिराहामा १ जना, मकानपुरमा १ जना, भक्तपुरमा १ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय