प्रदेश १ को निर्णय : कोभिड अस्पताललाई अत्याधुनिक बनाउने

प्रदेश १ सरकारले विराटनगरको कोभिड १९ अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोभिड अस्पतालको स्तर बृद्धि गर्दै लेभल टु मा लैजान आवश्यक पर्ने जनशक्ति भर्ना गर्न सामाजिक विकास मन्त्रालयलाई अनुमती प्रदान गरेको छ।

साथै मन्त्रालयलाई विज्ञको सल्लाहबमोजिम जनशक्ति थप गर्न भनेको प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिए।

कोभिड अस्पतालमा आवश्यक भेन्टिलेटर र सञ्चालन गर्ने जनशक्ति नहुँदा श्वासप्रश्वसमा समस्या भएका विरामी धरानको बिपी प्रतिष्ठानमा रेफर हुँदै आएका छन्। त्यस्तै प्रदेश सरकारले विराटनगरमा अत्याधुनिक ल्याब स्थापान गर्ने र त्यसका लागि त्रिभुवन विश्व विद्यालय मातहत रहेको विराटनगरस्थित डिग्री क्याम्पसको जग्गा लिजमा लिने निर्णय गरेको छ।

सरकारलाई स्वीस सरकारले दिएको अत्याधुनिक पिसिआर ल्याब स्थापना गर्ने निर्णय भएको छ। यस विषयमा सामाजिक विकास मन्त्रालय र डिग्री क्याम्पसबीच एक सम्झौता पनि भएको छ।

मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयको विविध कार्यक्रम सञ्चालन कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार पर्यटन विकास तथा जलाधार संरक्षण आयोजनाको १ वर्ष म्याद थप गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिए।

बैठकले कोराना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमको समिक्षा समेत भएको मन्त्री कार्कीले जानकारी दिए। उनले सरकारको कामको गम्भीरढंगले समिक्षा भएको र आउने दिनमा सरकार कसरी अघि बढ्ने भन्ने रणनीतिसमेत तय भएको बताए। उनले कोरोना संक्रमित बढ्दै जाँदा आवश्यक पर्ने तयारीबारे सरकारले सचेत रहेको बताए।

‘आइसेलेसन र आइसियू बेड आवश्यकताअनुसार थप गर्दै लग्ने निर्णय भएको छ,’ कार्कीले भने, ‘यस बारे सामाजिक विकास मन्त्रालयले थप काम गर्ने जिम्मेवारी दिइएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय