नेकपा नेता नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनको सुरक्षामा खटिएका पीएसओसहित ९ जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

३५ जनाको स्वाब संकलन गरिएकोमा नेता नेपालका पीएसओसहित ९ जनामा सङ्क्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ। नेता नेपाल र उनका अरु परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासमा रहेका ३५ जनाको स्वाब संकलन गरिएको थियो।

सङ्क्रमण देखिएका सबैलाई शुक्रबार राति नै आइसोलेशनमा पठाइसकिएको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय