चिकित्सक संघ भन्यो– संक्रमित स्वास्थ्यकर्मीका लागि छुट्टै अस्पतालको व्यवस्था होस

नेपाल चिकित्सक संघले कोरोना संक्रमित स्वास्थ्यकर्मीका उपचारको लागि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारलाई पटक–पटक आग्रह गरेको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्यकर्मी लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्न सरकार समक्ष पटक–पटक आग्रह गर्दा कुनै सुनुवाई नगरेकोले सम्रग स्वास्थ्यकर्मीको मनोबल घटाउने काम भएको जनाएको छ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा उपचारमा फन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको नै संक्रमण भई अस्पताल भर्ना हुने संख्या वृद्धि भइरहेको छ। तर, सरकारले कोरोना रोकथाम गर्ने स्वास्थ्यकर्मीको आवश्यक पर्ने सुरक्षा सामग्रीको सहज रुपमा उपलब्ध नगराएको प्रति संघले दुख प्रकट गरेको छ।

साथै, संघले संक्रमित चिकित्सकको उचित व्यवस्थापन र सहज उपचार लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।  देशभरका सम्पूर्ण संक्रमित चिकित्सकहरुले यथार्थ विवरण संघको केन्द्रीय कार्यलयमा पठाउन हुन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय