बाँकेमा बैंकका कर्मचारीसहित थप १६ जनामा कोरोना पुष्टि

बाँकेका बैंकका दई कर्मचारीसहित थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे छ।

भेरी अस्पताल नेपालगन्जका अनुसार नेपालगन्जका १३, राप्तीसोनारीका दुई र कोहलपुरका एकजनामा शुक्रबार कोरोना पुष्टि भएको हो।

नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाको बाँसगढीका ६ जनामा समेत संक्रमण देखिएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ।

पछिल्लो २४ घन्टामा ३ सय ५० जनाको स्वाब परिक्षण गरिएकोमा बाँकेका १६ र बर्दियाका ६ गरी कुल २२ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय