कामपा वडा नं २९ का सबै ३३ संक्रमित होम आइसोलेसनमा

काठमाडौं महानगरपालिकामा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। महानगरपालिकामा अहिलेसम्म २ हजार २ सय ९४ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ।

महानगरको वडा नम्बर २९ हटस्पट बन्दै गइरहेको छ। वडामा पर्ने घट्टेकुलो, कालिकास्थान, डिल्लीबजार,अनामनगर,मैतिदेवी र सेतोपुलमा कोरोना संक्रमण भेटिएको छ ।

महानगरका अस्पताल संक्रमितले भरिभराउ छन्। सामान्य लक्षण भएका संक्रमितलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिएको छ।वडामा अहिलेसम्म ३३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। तर उनीहरु सबै घरमै आइसोलेसनमा बसिरहेका छन्।

वडामा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकोले व्यवस्थापन गर्न समस्या भएको वडा अध्यक्ष कुश ढकालले बताए।‘ वडामा संक्रमितको संख्या बढेपनि सबैको लक्षण सामान्य रहेकाले अस्पताल जानुपर्ने अवस्था छैन्,ढकालले भने, ‘संक्रमित सबै घरकै आइसोलेसनमा बसिरहेका छन्।’

वडाले अहिलेसम्म ३ सय जनाको पिसिआर परक्षिण गरेको बताएको छ। पिसिआर गरिएकामध्ये ३३ जनामा पोजेटिभ देखिएको हो। भाइरसको संक्रमण बढ्दै गएपछि वडाले तेस्रो पटक पिसिआर परीक्षणका लागि तयारी गरिरहेको बताएको छ।

वडाले पहिलो चरणका करिब तीन सय, दोस्रो चरणमा ८० जनाको पिसिआर परीक्षण गरेको थियो भने तेस्रो चरणमा कबि दुई सयको स्वास्थ्य परक्षिण गर्ने तयारी गरिरहेको अध्यक्ष ढकालले जानकारी दिए।

संक्रमितलाई वडाले फोनबाटै सरसल्लाह दिई परामर्श गरिरहेका उनी बताउँछन्। संक्रमण देखिएकाहरु अधिंकाश व्यापारी, स्वास्थ्यकर्मी र सर्वसाधारण मजदुर रहेका छन्।

‘पहिले–पहिले बाहिरबाट आएकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपनि पछिल्लो समय स्थानीयमा संक्रमण देखिने क्रम बढेको छ, जसले निकै समस्या पारेको छ’उनले भने।

वडाका घट्टेकुलो, र अनामनगरमा संक्रमितको संख्या अन्य ठाउँको भन्दा बढी रहेको छ। शुरुवाति दिनमा भारत तथा बाहिरबाट आएकाहरुमा संक्रमण पोजेटिभ देखिएको थियो तर अहिले स्थानीय र कुनै ट्राभल हिस्ट्रि नभएकाहरुमा संक्रमण देखिने क्रम बढेको छ।

वडामा कोरोना संक्रमितको संख्या बढेपनि सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन। अध्यक्ष ढकालले कोरोनाको संक्रमणबाट बच्नका र रोकथामका लागि सक्दो काम गरिरहेको गरिररहेको बताए।

उनले संक्रमितको कन्ट्याक्ट टे«सिङका लागि महानगरपालिकासँग छलफपल समन्वय भई काम गरिरहेको जानकारी दिए। वडामा युवादेखि बुढासम्म सबै उमेर समुहकालाई संक्रमण रहेको पुष्टि भएको ढकालले जानकारी दिए।

उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछि सिमा नाकामा थप कडाई गरिएको छ भने बुधबार मध्यरातीदेखि निषेधाज्ञा जारी गरेको छ।
उपत्यकामा अहिलेसम्म २ हजार ८ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

जसमध्ये काठमाडौैैैंमा २ हजार २ सय ९४ जना, ललितपुरमा ३ सय ९३ जना र भक्तपुरमा १ सय ९४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय