थप ८ सय ३८ जनामा कोरोना, संक्रमित संख्या ३० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।
त्यसैगरी, काठमाडौं उपत्यकामा थप १८२ जना कोरोना संक्रमण देखिएको छ।

शुक्रबार देशभर १२ हजार १ सय ३१ जना संक्रिय संक्रमित रहेका छन्। मन्त्रालयको अनुसार आज २५० जना संक्रमणबाट निको भए डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ सय ३० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय