पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु, ३ भेन्टिलेटरमा

ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दोलखा निवासी ३० वर्षीय महिला को बिहान ४ः४५ र सलार्हीका ४६ वर्षका पुरुषको बिहान ५ः५० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए।

महिला संक्रमितको गाइनोको समस्याका अप्रेशन गरिएको थियो। अप्रेशन भएको घाँउमा इन्फेक्सन भई बिरामीको अवस्था गम्भीर हुँदै गएको थियो, डा. शाक्यले भने,‘ पछि उहाँलाई थप कोरोना संक्रमणले स्वास्थ्य असमान्य भई भेन्टिलेटरमा उपचार भइरहेको थियो।’

उनी भाद्र २ गते देखि अस्पतालमा उपचाररत थिइन।

त्यस्तै, साउन ३१ गतेदेखि भर्ना भएका पुरुषमा भने निमोनियाको समस्या रहेको थियो।

अस्पतालका अनुसार हाल अस्पतालमा एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमध्ये ८८ जना संक्रमित रहेका छन्।

१५ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका डा. शाक्यले बताए।

पाटन अस्पतालमा मृत्यु भएका सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १२८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय