नेपालमा रेमडिसिभिर औषधि भित्रियो, मुल्य ७ हजार ८ सय

कोरोना भाइरस (कोभिड १९) को संक्रमितको उपचारको लागि प्रभावकारी मानिने रेमडिसिभिर औषधि नेपालमा उपलब्ध भएको छ।

भारतीय माइलन कम्पनीबाट उत्पादन भएको ५ सय ७० भाइल रेमडिसिभिर औषधि आयत भएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए।

यसअघि यो औषधि आयतमा ढिलाई भएको भन्दै सरकारको आलोचना भएको थियो ।

सिप्ला, माइलन र हेटेरो कम्पनीबाट उत्पादन भएका रेमडिसिभिर औषधि मात्र आयात गर्न सकिने विभाग जनाएको छ।

श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र रेमडिसिभर औषधि चलाइने चिकित्सकले बताएका छन्।

विभागका अनुसार विभिन्न कम्पनीका अनुसार मुल्य भने फरक रहेको छ। ‘विभिन्न कम्पनीको फरक मुल्य तोकेका छन्, महानिर्देशक ढकालले भने,‘ एक भाइलको ७ हजार ८ सम्म विक्रि गर्न पाउने छन्।’

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत दिएका कोभिड अस्पतालले मात्र बिरामीमा औषधिको परीक्षण गर्न पाउनेछन्।

सरकारले सो औषधिको ल्याउने अनुमति नदिँदा अवैध रुपमा १ लाख रुपँया सम्म किनेर ल्याउन बाध्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय