तिनाउ अस्पताल सिल, शल्यक्रिया गर्दा संक्रमण पुष्टि

बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा शल्यक्रिया सकिएलगत्तै बिरामीमा कारोना संक्रमण पुष्टि भएपछि अस्पतालको तीनवटा वार्ड सिल गरिको छ।

बुटवल मिलनचोकका एकजना बिरामीको एपेन्डिक्सको शल्यक्रिया गरेलगत्तैे कोरोना पुष्टि भएको रिपोर्ट आएपछि चिकित्सकसहित स्वास्थ्यकर्मी आइसोलेसनमा बसेर अस्पतालको प्रमुख वार्डहरू सिल गरिएको हो।

एपेन्डिक्स फुट्ने अवस्थामा पुगेका कारण पिसिआर रिपोर्टको प्रतीक्षा नगरी शल्यक्रिया गरिएको र शल्यक्रिया सकिएलगत्तै कोरोना पुष्टि भएको अस्पतालका अध्यक्ष चिरन्जीवी जोशीले जानकारी दिए।

उनले चिकित्सकसहित स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बसालेर ओटी र पोष्ट ओटी सिल गरिएको बताए।

बिरामीको अवस्था सामान्य रहेको र अस्पतालको ओटी, पोष्ट अप्रेशन र ओपिडी सेवा बन्द गरिएको अध्यक्ष जोशीले बताए।

उनले तीनजना चिकित्सकसहित १२ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय