आइसोलेसन बेड अभावले कोरोना संक्रमितको होम क्वारेन्टाइनमा मृत्यु
भदौ ५–विराटनगर ६ का एक संक्रमितको होम क्वारेन्टिनमै मृत्युु भएको छ । ४५ वर्षीय उनी दीर्घरोगी रहेको वडाअध्यक्ष विजय कामतले जानकारी दिए ।
कामता अनुसार ३ दिनअघि कारोना पुष्टि भएसँगै उनी होम–क्वारेन्टाइनमा थिए । एक्कासी स्वावप्रश्वासमा समस्या देखिएपछि विहीवार राती ८ बजे उनको मृत्युु भएको हो ।
अहिले प्रदेश र स्थानीय सरकारले बनाएका आइसोलेसन खाली नहुँदा धेरै संक्रमित घरमै बस्न बाध्य छन् । यसले घरमा बस्ने दीर्घरोगी बढि चपेटामा परिरहेका छन् ।
विराटनगरमा मात्रै ७ सय ४५ संक्रमित मध्ये ३ सय ४१ जना होम–क्वारेन्टिनमा छन् ।
विराटनगरमा मात्रै ७ सय ४५ संक्रमित मध्ये ३ सय ४१ जना होम–क्वारेन्टिनमा छन् ।
यसअघि प्रदेश १ मा होम क्वारेन्टिनमा कसैको मृत्युु भएको थिएन । प्रदेश १ मा हालसम्म सुनसरीका १ र मोरङका १३ जनाका मृत्युु भएको छ ।
जसमध्ये ३ महिला रहेका छन् । मृत्युु हुने कुुनै न कुुनै दीर्घरोगबाट पीडित रहेको चिकित्सकले बताएका छन् ।