‘हजुरको छोरी रोग परास्त गरेर कर्ममा फर्किन्छे’

मलाई थाहा छ कि, म केवल ‘सटिफिकेट’का लागि मात्र नर्सिङ पढेको होइन । जस्तोसुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अगालेको हुँ।
आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केही बर्षै भैसकेछ । काम गर्दा–गर्दै यो अवस्था आउँछ होला भन्ने सोचेकै थिएनौं।

तर एक्कासी संसारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयांै देशहरुमा हजारौं नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहेँ।

मैले सोचे कि, एकजना नर्सले गाहे हुने भयो म सक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने सिंगो देशको हालत के होला ? अग्रजहरुको सल्लाह सुझाबलाई ग्रहण गर्दै काममा लागिरहेँ।

घरमा बुबाआमा, भाइबहिनीलाई आफैँले सम्झाएँ । यो विपत्ती ममा मात्र सीमित छैन बाबा, ममी ! मैले समाजका लागि काम गर्नुपर्छ । म यतिखेर काम नगरी घरमा बस्नेत हो भने मैले नर्स पेसा अँगालेको अर्थ हुदैन ।

‘न आतिनु । म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु’ भनेर घर परिवारलाई सम्झाउँदै आफ्नो कर्ममा लागिरहेँ।

कयौं रात मेरै पिरले बाबाममी निदाउनु भएको छैन । ‘कतै छोरी संक्रमित त हुने होइन भनेर भोलि समाजले के भन्ला ?’

छिः छिः र दुरदुर गर्ला ! यही चिन्तामा परिवार हुन्थ्यो।

अन्ततः केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटिभ भयो रे भन्ने सुनेँ । उहाँहरुलाई सधैं हामीले रेखदेख गरिरहेका हुन्थ्यिौं।

स्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगँेछु । तर पनि आफुलाई समालेँ ।

त्यसपछि हालाई छुटै (आइसोलेसनमा) राखियो । त्यसको पर्सीपल्ट मलगायत साथीहरुको कोरोना परीक्षणका लागि स्बाव लगियो नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो। एकछिन तनाबमा रहेँ । घरमा कसरी भन्ने होला ?, अब के हुने हो ! भन्ने भयो।

आफुलाई समालेँ । आज आफैँ कमजोर महसुस गरेँ भनेँ, मेरो परिवारलाई चिन्ता हुन्छ। समाजलाई चिन्ता पर्छ मैले मनोबल दहे बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उँचो बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्मबिश्वास लिएको छु ।

फेरि परास्त गर्छु पनि। आज मलाइ गर्व छ, म आत्तिएकी छैन। बिरामीको सेवा गर्दा, पेशगत धर्म पुरा गर्दा म संक्रमित भएकी हुँ । हामी सक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस। हामिले रोग रहरले सारेका हैनौ।

आफ्नो जिम्मेवारी पुरा गर्दा हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यिो?

सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मीलगायत आम नागरिकलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथीभाइ, आफन्तजन, समाजका सबै नागरिकहरुप्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु । सञ्चो भएपश्चत् उहि मनोबलका साथ हजाराँै बिरामिको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्ब छ।

बाबा मामु न आत्तिनु हजुरको छोरी झन मनोबल बलियो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे।

म हारेको छैन झन् ममा मनोबल दहे भएको छ।

(नर्स तिवारीको फेजबुकवालबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय