चिकित्सक संघले भन्यो– सबै अस्पतालमा कोभिड बिरामी राख्दा भोलि ठुलो दुर्घटना भोग्नुपर्छ

नेपाल चिकित्सक संघले सबै अस्पतालमा कोेभिड तथा ननकोभिड संक्रमित राखेर उपचार गरेमा भोलीका दिनमा दुर्घटना भोग्नुपर्ने बताएको छ।

सरकारले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालाई २० प्रतिशत छुटयाउने गरी गरेको निर्णय प्रति संघले असमर्थन जनाएको छ।

संक्रमण न्यूनीकरण गरिसकेका देशको अनुभवलाई हेर्दा कोभिड र नन कोभिड बिरामी राख्दा भयावह अवस्था आएको र सरकारले गरेको सो निर्णय तुरुन्तै सञ्चाउनको लागि संघले माग गरेको छ।

बिहिबार एक प्रेस विज्ञप्ती निकाल्दै संघले कोरोना संक्रमित भएका बिरामीहरुका लागि छुट्टै कोभिड डेडिकेटेड अस्पताल र अन्य बिरामीहरुका लागि ननकोभिड अस्पतालमा वर्गिकरण गरी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ।

कोरोना भाइरसको उच्च संक्रमणलाई न्यूनीकरण गरिसकेका धेरै देशहरूको अनुभवलाई समेत ध्यानमा राख्दै नेपालमा अझै पनि संक्रमित भई सकेकाहरुलाई छुट्टै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमणलाई न्यून गर्न सकिने छ, जारी विज्ञप्तीमा भनिएको छ।

मन्त्रालयले हालै गरेको निर्णयका कारण देशभरका स्वास्थ्य संस्थाहरू संक्रमणको केन्द्र बन्न पुग्ने तथा प्रत्येक स्वास्थ्य संस्थाहरूमा कोभिड र ननकोभिडका बिरामीहरूको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने संघले जनाएको छ।

कोभिडभन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई ठुलो दुर्घटना निम्ताउने संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय