२४ घण्टामा ५१ जिल्लामा कोरोना संक्रमित भेटिए, कुन–जिल्लामा कति ?

पछिल्लो २४ घन्टामा ५१ जिल्लामा ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।

संक्रमण पुष्टि हुनेमा प्रदेश १ को उदयपुरमा ४, झापामा १, तेह्थुम ९, धनकुटामा १, मोरङ ९, सुनसरीमा १३ जना रहेका छन्।

प्रदेश २ मा धनुषामा ३१, पर्सामा ५५, बारामा ८, महोत्तरीमा १५, रौतहटमा ६, सप्तरीमा १९, सर्लाहीमा ९३, सिराहमा जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बागमती प्रदेशमा काठमाडौंमा १७४, काभ्रेमा १, चितवनमा १, दोलखा २, धादिङ २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवापुरमा २५, ललितपुर १८, सिन्धुपाल्चोकमा १, सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ।

गण्डकी प्रदेशमा कास्कीका १९, गोरखाका १, तनँहु २, नवलपरासी पुर्व ३, बाग्लुङ ८, स्याङजा १ जनामा संक्रमण पु्ष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेश ५ मा कपिलवस्तुका ३०, गुल्मीका ३ , दाङ ४, प्युठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका १८ जनामा संक्रमण पुष्टि भएको हो।

कणार्ली प्रदेशमा रोल्पाका १, कालिकोटका १, जाजरकोटका १, दैलेख १९, रुकुम पश्चिम १, सल्यान १ र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको डा. गौतमले बताए।

सुदुरपश्चिम प्रदेशमा अछामका ३१, कैलालीका १, डडेल्धुरा २, डोटीका १६, दार्चुला १, बझाङका १ र बैतडीका १ जनामा संक्रमण  पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय