२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु, संख्या १२६ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

डा. गौतमका अनुसार काठमाडौं एक महिला, मकानपुरका एक पुरुष , सप्तरीका एक पुरुष र पर्साका एक महिला र दुई पुरुष रहेका छन्।

बिहिबार थप ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।
त्यसैगरी, काठमाडौ उपत्यकामा थप २ सय जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १७४ जना,ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय