उपत्यकमा थप २ सय सहित देशभर ७ सय ७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।  यो सँगै नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौमतले बताए।

त्यसैगरी, काठमाडौ उपत्यकामा थप २ सय जनामा संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार काठमाडौंमा १७४ जना,ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ।

डा . गौतमका अनुसार बिहिबार संक्रमण मुक्त भएर थप २६४ जना डिस्चार्ज भएका छन्। आज संक्रमण मुक्त भएकासँगै देशभर कूल १७ हजार ९ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन्।

आज देशभर ११ हजार ५सय २५ जना सक्रिय संक्रमित र होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको मन्त्रालयले जनाएको छ।  ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा रहेको डा. गौतमले बताए।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय