चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा कोरोना भाइरस संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। पूर्विचितवनस्थित रत्ननगर नगरपालिका १३ का ६५ वर्षीय पुरुषको आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो।

६ दिनदेखि संक्रमण भई उनको भरतपुर अस्पतालको आइसियुमा उपचार भैरहेको थियो। अस्पतालका अनुसार उनलाई क्षयरोगका साथै अन्य दिर्घरोगको संक्रमण पनि थियो।

यससँगै चितवनमा कोरोना भाइरसबाट तीनजनाको मृत्यु भएको छ। संक्रमित मृतको शब नेपाली सेनाले व्यवस्थापन गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय