कोरोना रिपोर्ट : पहुँचवालालाई एकै छिन, स्वास्थ्यकर्मीलाई कति दिन ?

भदौ ४-भिआइपी र पहुँचवालाका कोरोना परीक्षण रिपोर्ट आउन कति समय लाग्ला ? प्रधानमन्त्री, मन्त्री सासंददेखि स्वास्थ्यका अधिकारीका स्वाब संकलन गरेकै दिन परीक्षण रिपोर्ट  पाए ।  तर, कोभिड १९ को महामारी बढ्दै जाँदा आम नागरिक मात्रै होइन् संक्रमितकै उपचारमा खटिनुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको रिपोर्टसमेत समयमा आउँदैन ।

चिकित्सक तथा स्वास्थ्यकर्मीका संघ/संगठनले फ्रन्टलाइनरको परीक्षण र उपचारमा प्राथमिकताको माग गरिरहँदा संक्रमितका कन्ट्रयांक ट्रेसिङ वा ड्युटीपछि गर्नुपर्ने परीक्षण रिपोर्टसमेत समयमा नआउँदा स्वास्थ्यकर्मी नै हैरान पर्न थालेका छन् ।

सरकारले समेत सबै अस्पतालहरुका नाममा पत्राचार गरेर सबै जनशक्तिको परीक्षण गरेर मात्रै काममा लगाउन निर्देशन दिएको छ ।

सो निर्देशनलगतै स्वाब संकलन गरेर प्रयोगशाला पठाएपनि साता दिनसम्म कुनै रिपोर्ट नपाएको गुनासो बर्दिवासस्थित सिटी केयर अस्पतालका चिकित्सक डा. ईश्वार कार्कीले गरे ।
उनले सात दिनअघि प्रादेशिक प्रयोगशाखामा स्वाब पठाएका थिए ।

‘हामी सकेसम्म उपलब्ध सुरक्षा सामग्री प्रयोग गरेरै काम गरिरहेका छौ,’ डा. कार्कीले भने, ‘सरकारको निर्देशनलगतै स्वाब दिएका हौं सात दिनवितिसक्यो रिपोर्ट आएन’

डा. कार्कीले आफूले उपचारमा संलग्न भएको एक जना बिरामीमा संक्रमण पुष्टि समेत भइसकेको जानकारी दिए । ‘यस्तो अवस्थामा डब्लुएचओ प्रोटोकलअनुसार मेरै परीक्षण गरिहाल्नुपर्ने हो,’ उनले भने, ‘तर, सात दिनअघिकै रिपोर्ट आएन’

डा. कार्कीले आफू स्वाब संकलनपछि नै होमआइसोलेसनमा रहेको समेत जानकारी दिए ।

फ्रन्टलाइनमै खटिइरहेका अर्का चिकित्सक डा. रवि चौधरीले पनि सरकारले पिसिआर परीक्षणमा एकदमै लापरवाही गरेको आरोप लगाए ।

‘लक्षण देखिएका वा फन्टलाइनमा रहेको स्वास्थ्यकर्मीको रिर्पोट चाडैं आउनुपर्ने हो,’ डा. चौधरीले थपे, ‘सोर्सफोस हुनेको मात्र परीक्षणको रिर्पोट छिटै आउने देखिएको छ’

डा. चौधरीले आफूलाई सामान्य लक्षण देखिएरै स्वाब संकलन गरेर पठाएको भएपनि ४ दिनदेखि रिपोर्ट नआएको सुनाए । ‘ज्वरो, तथा रुवाखोकी लागेर परीक्षण गर्न पठाएको ४ दिनभइसक्यो रिर्पोट आएको छैन।’

सरकारले २२ हजार नमूना परीक्षण गर्ने क्षमता रहेको दावी गरिरहेपनि परीक्षण, रिपोर्ट प्रवाहलाई व्यवस्थित गर्न सकेको छैन् । जसले गर्दा संक्रमितहरुको कन्ट्यांक ट्रेसिङ, केस इन्भेटिगेसनसमेत ढिलाई भइरहेको छ ।

परीक्षणको रिर्पोट ढिला हुँदा जनशक्तिको कमी हुँदै गाएको अवस्थामा समेत सेवामा खटिनबाट वञ्चित हुनुपरेको उनले सुनाए ।

डा. कार्कीले आफू चिकित्सक कम भएकै ठाउँमा कार्यरत रहेको अवस्थामा ननकोभिडका बिरामीले समेत सास्ती भोग्नुपरेको र सेवाबाट बञ्चित भइको बताए ।

‘दैनिक रुपमा आकस्मिक तथा ओपिडी सेवा २०–२५ जना आउने गर्थ्ये, अस्पतालमा दिँउसो २ बजे आउने बिरामी मैले नै हेर्दै आएको थिएँ, डा. कार्कीले भने,‘ नियमित फ्लोअपमा आउने बिरामीलाई फोन मार्फत सल्लाह दिनुपरेको छ।’

उनले घरमा आमालाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिँदासमेत आफ्नो रिपोर्ट नआएका कारण अस्पतालले भर्ना लिनै नमानेको बताए ।

‘केही व्यक्तिको सोर्सफोस छ भने २ दिनमा रिर्पोट आउँछ, सर्वसाधरण तथा स्वास्थ्यकर्मी समेतले हप्तौसम्म पनि कुर्नपर्ने डा. चौधरीले थपे।

वीरगञ्जमा कोभिडको डरका कारणले अस्पतालले भर्ना गर्न नमाने ३ जनाको ज्यान गइसकेको छ ।

‘मेरै ममीको रिपोर्ट नेगेटिभ नआउँदासम्म ठूलो विपत्ती आइपर्ला कि भनेर तनाबमा वस्नुपर्यो’ उनले भने ।

सरकारले २२ हजार नमूना परीक्षण गर्ने क्षमता रहेको दावी गरिरहेपनि परीक्षण, रिपोर्ट प्रवाहलाई व्यवस्थित गर्न सकेको छैन् । जसले गर्दा संक्रमितहरुको कन्ट्यांक ट्रेसिङ, केस इन्भेटिगेसनसमेत ढिलाई भइरहेको छ ।
जसका कारण समुदायमा समेत संक्रमण बढ्ने जोखिम हुन्छ ।

अहिले डा. कार्की र डा. चौधरीजस्तो थुपै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले यस्तै समस्या भोग्नुपरेको चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बताए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने, धेरै प्रयोगशाला भएको कारण केही प्रयोगशालामा घर, ठेगना लेख्ने क्रममा त्रुटी भएका कारण रिपोर्टमा औसतभन्दा ढिला हुने गरेको सुनाए ।

उनीहरुले पैसा तिरेर गरिने परीक्षणमा स्वाब दिनको नाम, ठेगना र नम्बर राम्ररी नटिपिदिएका कारण बढी समस्या देखिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय