उपत्यका केन्द्रित निषेधाज्ञाको पहिलो दिन-खुलेको आकाश, सुनसान सडक

उपत्यकामा कोरोना संक्रमण बढेसँगै तीन वटै जिल्लाका प्रशासन कार्यालयहरुले विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लगाएका छन् । लगातारको वर्षा र उपत्यकाभित्र सामान्य अवस्थामा पनि सवारी साधन कमै चलेका कारण उपत्यकाको आकाश पनि खुलेको छ ।

भक्तपुरदेखि कोटेश्वर त्रिपुरेश्वरसम्मका दृश्यलाई पत्रकार गोपाल संग्रौलाले आफ्नो मोवाइलमा कैद गरेका छन् ।

संग्रौलाले पहिलो लकडाउनको तुलनामा यसपटकको निषेधाज्ञा निकै प्रभावकारी भइरहेको महसुस आफूले गरेको बताए ।

‘टोलटोलमा संक्रमण पुगिसकेको अवस्थामा डर वा सचेत भएर पनि मानिसहरुले निषेधाज्ञा मानेको महसुस भयो’ संग्रौलाले हेल्थपोस्टसँग भने ।

हिन्दु नारीको ठूलो चाड तिजको अघिल्लो दिन (दरखाने दिन) भएपनि सडकहरुमा चहलपहल न्युन छ । विभिन्न वहाना वा अत्यवश्यक सेवाबाहेकका कार्यलयका पासधारीहरुलाई ट्राफिक प्रहरीले चोकचोकमा रोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय