डेरावालमा संक्रमण देखिएपछि कमलविनायक टाउनप्लालिङ सिल

भक्तपुर नगरपालिका १० कमलविनायक टाउन प्लानिङमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको छ।

कोरोना संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई बिहीबार बिहानै सिल गरिएको छ। संक्रमित व्यक्ति स्थानीय नभई डेरावाल भएको जनाइएको छ। उनी काठमाडौंको गोंगबुस्थित सनराइज बैंकमा कार्यरत रहेको बताइएको छ।

भक्तपुर नगरपालिका १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाका अनुसार वडामा हालसम्म दुई जना कोरोना भेटिएका छन्।

यसअघि वडाको बेखालमा संक्रमित भेटिएको थियो।

बुधबार ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरकी एक कोरोना संक्रमितको मृत्यु भएको थियो। भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयले बिहान ६ बजे विज्ञप्ति जारी गर्दै पिसिआर रिपोर्ट पोजेटिभ आएकी महिलाको उपचारका क्रममा निधन भएको जनाएको हो। कोरोना संक्रमितको मृत्यु भएको भक्तपुरको यो केस हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय