डाक्टर कुटाई खाने, दोषीसँगै वार्ता गरेर प्रशासन हात मिलाउने ?

मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्यकर्मी माथि भएका दुव्र्यवहार प्रति नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार ३४ वर्षीय एक बिरामीको ह्दयघातको उपचारको क्रममा मृत्यु भएको भन्दै केहि मानिस अस्पताल भित्र नै प्रवेश गरी ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथि अनैतिक र अमानविय व्यवहार गरेको एशोसिएसनका सचिव डा. सुमन दहालले बताए।

एशोसिएसनले एक विज्ञप्ती जारी गर्दै कोरोनाको महामारीमा अनवरत रुपमा बिरामीको उपचारमा खटिएको स्वास्थ्यकर्मीलाई माथि बारम्बार हातपात प्रहार हुँदा पनि सम्बन्धित निकायको कुनै चासो नदिएको जनाएको छ।

‘चिकित्सकलाई हातपात गर्न कोसिस गर्ने तथा अस्पताल भित्र भएका गमला फुटाउने, ढोका फुटाउने काम गरे, डा. दहालले हेल्थपोस्ट भने,‘ तर, दोषीलाई कारबाही गर्नको साट्टो वार्ता गरेर मिलाउने काम गरियो।’

प्रहरी प्रशासन समवन्यमा अस्पताल प्रशासन र हातपात गर्ने मानिसबीच कुरा मिलेको रहेछ। फन्टलाइनमा हुने स्वास्थ्यकर्मीले डराएर नै काम गर्नुपने तर, दोषीले यसरी नै कति हौसाला दिने? डा. दहालले भने।

‘सार्वजानिक सम्पती माथि तोडफोड गरेका छन्। चिकित्सक माथि दुरव्यहार गरेका छन्, दहाल भन्छन्,‘ यस्ता कार्य गरेको प्रति माफि दिएर मात्र हुदैँन। उनीहरुलाई कारबाही नै गर्नुपर्दछ।

यस्ता घटनाको प्रशय ‘जेल विथ आउट बेल’ले कार्योन्यवन नहुँदा भइरहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय