कोरोना संक्रमित थप २ चिकित्सकमा प्लाज्माथेरापी, स्वास्थ्यमा उल्लेख्य सुधार

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई चिकित्सकको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । अवस्था बिग्रिँएर गम्भीर बनेका दुबैमा प्लाज्माथेरापीपछि उल्लेखनीय सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

कोरोना भाइरस रोग –कोभिड १९ संक्रमण भएका तीन चिकित्सक २८ स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत चिकित्सकक स्वास्थ्यकर्मीमध्ये २ जनामा प्लाज्माथोरपी गरिएको अस्पतालले जनाएको छ । यसअघि पहिलोपटक विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई पहिलोपटक प्लाज्मा दिइएको थियो ।

डा. कार्कीको पनि प्लाल्माथेरापीपछि स्वास्थ्यमा सुधार आएको थियो । प्लाज्मा दिइएका चिकित्सकको पनि स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल ७० जना कोरोना संक्रमितको उपचार भइरहेको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

जसमा २८ जना स्वास्थ्यकर्मी उपचाररत छन् । तीमध्ये २ जना चिकित्सक आइसियुमा रहेको डा. दासले बताए।

‘केहि दिन अगाडी आइसियुमा रहेका दुबै चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर थियो, तर अहिले क्रमिक रुपमा सुधार भएको छ, डा. दासले भने,‘ ।

उनले थप जना चिकित्सकलाई आज आइसियुबाट बाहिर निकाल्ने पनि जानकारी दिए ।

डा. दासका अनुसार वीर अस्पताल र नोवेल शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सक आइसियुमा रहेका हुन्।

निमोनिया भएका दुबै चिकित्सकलाई रेमडिसिभिर औषधि तथा प्लाज्माथेरापी दिइएको हो ।

‘हामीले उहाँहरुलाई रेमडिसिभिर तथा प्लाज्माथेरापी प्रयोग गरेका थियौ, डा. दासले भने,‘ अहिले दाबीका साथ त भन्न सकिन्न! यहीँ औषधिले पनि काम हुनसक्छ ।’

उपचाररत अन्य स्वास्थ्यकर्मीको भने स्वास्थ्य अवस्था सामान्य नै रहेको छ। नेपालमा अहिलेसम्म ३ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । जसमा ७० भन्दा बढी चिकित्सक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय