सचेत रहौं, कोभिड–१९ बाट यसरी जोगिऔं र जोगाऔं

कोभिड १९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका र ती रहेका सामानको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेको हावा हो।

नजिकै सम्पर्कमा रहेर उपचार गर्नपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्द कोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोकाहरू सरसामान र वातावरणमा रहने कारणले उच्च जोखिममा डेन्टल उपचार छ।

-याल ग्रन्थी कोरोना भाइरसको भण्डारण हो। र्याल ग्रन्थीमा सुषुस्त अवस्थामा रहेका भाइरस कोरोना संक्रमण फैलन नदिन दक्ष जनशक्तिबाट बेलैमा दाँत तथा मुखका रोगहरूको निदान र उपचार आवश्यक रहन्छ।

हालै मात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा ३ हजार र हाच्छियुँ गर्दा १० हजार पानीका फोकाहरू निस्कने तथ्यले झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हुन कि भन्ने त्रास बढेको छ।

मुखको उपचारमा नियमित हावाबाट चल्ने सामान र उपकरणको प्रयोग गरिरहनुपर्ने भएकाले हावाका फोकाहरू निरन्तर उत्पादन हुन्छन्।

त्यसैले युरोप, अमेरिका तथा अफ्रिकामा नियमित दन्तसेवा लामो समय बन्द नै रहे। रिओपन अमेरिका/डेन्टिस्ट्री भन्ने मूल मुद्दासहित विभिन्न निर्देशिका बनाइरहेका छन्।

नेपालले पनि नेपाल डेन्टल एसोसिएसनमार्फत विश्व स्वास्थ्य संगठन, सिडिसी, एफडिए, प्रमाण, खोज तथा विभिन्न देशका प्रोटोकल, निर्देशिकालाई आत्मसात गर्दैै देशको स्रोत साधन, उपलब्धता, समाजको प्रकार मध्यनजर गरी निर्देशिका ‘अन्तरिम गाइडेन्स फर डेन्टल प्राक्टिक्स ड्युरिन कोभिड–१९ प्यान्डामिक’ तयार पारेको छ।

नेपाल मेडिकल काउन्सिलबाट २०७७ जेठ २० मा अनुमोदन भए पनि २०७७ असार २४ मा आँखा, नाक–कान–घाँटी तथा मुख स्वास्थ्य शाखा, स्वास्थ्य सेवा विभागमा प्राप्त भएपछि २ दिनमा विभागबाट स्विकृत भएको हो।

हालै मात्र स्वाद र गन्ध हराउने लक्षण थपिनु र खोक्दा ३ हजार र हाच्छियुँ गर्दा १० हजार पानीका फोकाहरू निस्कने तथ्यले झनै दन्त क्लिनिक र अस्पताल नै संक्रमणको स्रोत बन्ने हुन कि भन्ने त्रास बढेको छ।

थप माथिल्लो निकायबाट स्विकृत गराऔं भन्दै साउन ४ गते मन्त्रालयमा पेश निर्देशिका २०७७ साउन ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीज्यूको तहबाट स्विकृत भई यस अन्तरिम निर्देशिका कार्यान्वयनमा छ।

दन्त उपचार विधि चिकित्सक, सहयोगी र बिरामी एकदमै नजिकै रहेर गरिने उपचार हो जहाँ न दुई मिटरको दुरी न त बिरामीले मास्कको प्रयोग सम्भव छ।

उपचारक्रममा उत्पन्न श्वासप्रश्वासजन्य निष्कासन, उपचारका क्रममा उत्पन्न एरोसोल अर्थात पानीका स–साना फोकाहरू उपचार कक्षमै धेरै रहन्छ। जुन जो कसैलाई सर्नसक्छ। स्वास्थ्यकर्मी, सहयोगी र बिरामीलाई पिपिईको एक त व्यवस्था गर्न गाह्रो छ अर्काे ज्यादै महँगो पर्न जान्छ।

ज्यान रहे सबै पछि गरौंला भन्दै पर्ख र हेरको सिद्धान्तमा यो पेसा विश्व स्वास्थ्य संगठनले माघ १६ मा जनस्वास्थ्य संकटकाल लगाएको केही हप्तादेखि लगभग साढे ५ महिना बन्द नै रह्यो।

निर्देशिकामा सेवालाई वर्गीकरण गर्दै आकस्मिक सेवालाई तत्काल सेवा दिन, कम जटिलता अप्वाइन्टमेन्टमार्फत र सामान्यलाई टेलिकन्सल्टेसन गर्ने उल्लेख छ।

घरबाट निस्कँदा साथी लग्ने नलग्ने, सुरक्षा सावधानी के के अपनाउने, रिसेप्सन, पर्खने कोठा, उपचार कक्षमा के के सुरक्षा सावधानी अपनाउनेदेखि पिपिई प्रकार, डनिङ डफिङ, हात धुने तरिका, समय, वातावरण तथा सामानको शुद्धीकरण र निर्मलीकरण, मेडिकल फोहर व्यवस्थापन र थप अध्ययन सामग्रीको लिंक र नाम राखिएको छ।

सुरक्षा सावधानीका मापदण्डहरू भनिएअनुसार भए नभएको अनुगमन गर्न अनुगमन समिति गठन छ। उक्त समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय– १ जना प्रतिनिधि, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखा–१ जना प्रतिनिधि र नेपाल मेडिकल काउन्सिल– १ जना प्रतिनिधि रहनेछन्।

आवश्यकताअनुसार समितिले विज्ञहरूलाई आमन्त्रण गर्न सक्ने छ। अनुगमनको समय तालिका प्रत्येक चौमासिकमा कम्तीमा एकपटक छ र समितिले अनुगमन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आवश्यकताअनुसार अन्य निकायमा समेत पेश गर्नुपर्नेछ।

अस्पताल तथा क्लिनिकले पनि सबै बिरामीलाई कोरोना संक्रमित हुनसक्ने सम्झी सबै पिपिई लगाएर मात्र उपचार गर्न जरुरी छ। किनभने अझै पनि अत्यधिक लक्षणविहीन र होम आइसोलेसनमा छन्।

आकस्मिक अवस्था

१. निद्रा नलाग्ने गरी दाँत दुखेमा, दुखाई कम गर्ने औषधी खाँदा पनि
२. अत्यधिक मात्रामा रक्तश्राव भएमा वा नरोकिएमा
३. दुर्घटना वा अन्य कारणले हड्डी वा दाँत भाँचिएर स्थान परिवर्तन भएमा
४. अनुहार, घाँटी वा मुखमा सुजन भएमा
५. मुख खोल्न वा निल्न गाह्रो भएमा
६. विशेषज्ञ मेडिकल चिकित्सकबाट जीवन बचाउन रिफर भएका
७. तीन साता बढीसम्म घाउ खटिरा रहिरहेमा

आकस्मिकबाहेकका अन्य समस्याका लागि अहिलेको समयमा अस्पताल जान जरुरी छैन। किनभने अस्पताल जानु भनेको रोगको नजिकै जानु जस्तै हो। सामान्य उपचारनिम्ति फोन र सामाजिक सञ्जालमार्फत सल्लाह लिन सकिन्छ।

अस्पताल तथा क्लिनिकले पनि सबै बिरामीलाई कोरोना संक्रमित हुनसक्ने सम्झी सबै पिपिई लगाएर मात्र उपचार गर्न जरुरी छ। किनभने अझै पनि अत्यधिक लक्षणविहीन र होम आइसोलेसनमा छन्।

स्पष्ट बिरामी प्राथमिकता, संक्रमण नियन्त्रण, रोग सर्ने माध्यमको न्यूनीकरण र सेवा प्रदायक तथा सेवाग्राहीको सुरक्षा तथा क्रस संक्रमणको बन्देज आजको आवश्यकता भएकाले त्यसैमा रहेर निर्देशिका तयार भएको छ।

सावधानीहरू

१. फोन वा अन्य माध्यमबाट अस्पताल आउनपर्ने वा नपर्नेबारे सम्पर्क गर्ने।
२. अस्पताल जानपर्ने भए उपचारका लागि निश्चित समय वा अप्वाइन्टमेन्ट लिने।
३. घरबाहिर निस्कँदा मास्क लगाउने र साबुनपानीले हात धुने, स्यानिटाइजर बोक्ने।
४. सम्भव भए संक्रमणको जोखिम न्यूनीकरण गर्न साथीहरू नलगेर अस्पताल जाने।
५. अस्पतालमा साबुनपानीले हात धुने र जथाभावी छुने, थुक्ने, बोल्ने नगरी दुई मिटरको फरकमा बसेर पालो कुर्ने तथा लक्षण तथा इतिहास दिनेमा झन्झट नमान्ने र सहयोगीको अनुमतिमा मात्र निर्देशनअनुसार सावधानी अपनाई उपचारका लागि भित्र छिर्ने।
६. उपचार कुर्सीमा बस्नु पहिले साबुनपानीले हात धुने, हेड र बुट कभर लाउने, ०.२ प्रतिशत सिएचएक्स, पोभिडिन आयोडिन वा १ प्रतिशत हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने।
७. पैसा तिर्न अनलाइन तथा डिजिटल माध्यमको प्रयोग गर्ने।
८. उपचार कक्षमा अक्सिजनको उपलब्धता गर्ने।
९. जटिलता आइहाले प्राथमिक उपचार गर्नसक्ने व्यक्तिको पहिचान गर्ने।
१०. सम्पर्कमा चिकित्सक, संस्था र एम्बुलेन्स राखी आवश्यक पर्दा समन्वय गर्ने।
११. अप्वाइन्टमेन्ट १५ मिनेट कम र २ बिरामीबीच ५ मिनेट खाली राख्ने।

कोरोना भाइरस महामारीका सन्दर्भमा सबैभन्दा जोखिमयुक्त पेसा दन्तसेवा हो।

त्यसो हँुदाहँुदै पनि दैनिक तथा नियमित दन्तसेवाहरू लामो समय बन्द गरिँदा भोलिका दिनमा दाँतका समस्याले माइल्डबाट मोडरेट, मोडरेटबाट सेभेयर र थप जटिलता निम्त्याइरहेका छन् र अंगभंगको सम्भावना रहन्छ।

कोरोनाको महामारी पनि छिट्टै सकिने संकेत नदेखिएकाले कोरोना सँगसँगै आफ्नो जीवन र व्यवसायलाई चलायमान बनाउन जरुरी भएकाले यो निर्देशिका जारी भएको छ।

निर्देशिका निर्माणमा सहयोग गर्नुहुने विज्ञहरू, नेपाल डेन्टल एसोसिएसन, इन्डोर्स गर्नुहुने नेपाल मेडिकल काउन्सिल र संशोधनसहित स्विकृत गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सबैमा हार्दिक आभार व्यक्त गर्दछु।

निर्देशिका गतिशील दस्तावेज भएकाले समयानुसार परिमार्जन सम्भव छ। तसर्थ एकपटक निर्देशिका अध्ययन गरी संशोधन आवश्यक भए बुँदाहरू टिपोट गरी मलाई [email protected]  मा पठाउन सक्नुहुन्छ।

अन्तमा, सम्पर्क समय १५ मिनेट कम, अप्वाइन्टमेन्ट, बिलिङ, रिपोर्ट इलेक्ट्रोनिक अर्थात डिजिटल गर्दै संक्रमणका स्रोतबाट वैकल्पिक उपाय अपनाउँदै अन्तरव्यक्ति दूरी २ मिटर, युनिभर्सल वेयरिङ अफ मास्क–किनभने घरमा जेष्ठ नागरिक, १२ वर्षमुनिका बालबालिका र दीर्घरोगी भएकाले घरभित्र पनि, साबुनपानी नभए स्यानिटाइजरको प्रयोग एसएमएस अपनाउनै पर्छ।

हावा ओहरदोहर गर्नसक्ने स्थानको छनोट, भेन्टिलेसन र सार्वजनिक स्थानमा जहाँ पायो त्यहीं नथुकौं भन्दै एसएमएसमा दुई बुँदा थप्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय