देशभर ६८१ संक्रमित थपिए, १२० ले संक्रमण जिते

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्।

संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको बताए।

आज संक्रमण मुक्त भएकासँगै देशभर कूल १७ हजार सात सय संक्रमित डिस्चार्ज भएका छन्। जुन निको हुने संख्या ६१.२ प्रतिशत हो।

अहिले १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै देशभर ११ हजार १ सय १८ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय