दमकमा एकै दिन थपिए १३ संक्रमित

झापाको दमकमा आज एकै दिन १३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। केही  दिन अघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएका मध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

जसमा तीनजना शसस्त्र प्रहरी रहेका छन्।  दुईजना नेपाल टेलिकम दमकका ३७ र ४० वर्षका पुरुष कर्मचारी भएको जनाइएको छ। त्यसैगरी दमक ५ को होम क्वारेन्टाईनमा बसेका ३१ वर्षका एक पुरुषमा पनि संक्रमण देखिएको छ।

अन्य ७ जना बिभिन्न देशबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकाहरु हुन्। उनीहरू दमककै बिभिन्न वडाका बासिन्दा भएको जनाइएको छ। बिदेशबाट फर्केका उनीहरू २१ देखि ४४ वर्षसम्मका पुरुष भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

आज थपिएकासँगै दमकमा संक्रमितको संख्या ४४ पुगेको छ। उनीहरू मध्ये १४ जना उपचार पछि घर फर्किएका छन्। बाँकी ३० जनाको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय